बाग्लुङका वडाध्यक्षले आफ्नो सबै तलब समाज सेवामा

4

बाग्लुङ । बाग्लुङको बडिगाड गाँउपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष अर्जुनप्रसाद खरेलले आफ्नो तलब बापतको रकम समाज सेवामा खर्चिएका छन् । वडाध्यक्षका रुपमा सरकारबाट प्राप्त हुने सेवा सुविधा बापतको रकम उनले शिक्षालगायतका सामाजिक क्षेत्रमा खर्च गर्ने भएका हुन् ।

उनले ग्वालीचौर टारीमा रहेको भानु माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरे । १४ महिनाको तलब बापतको २ लाख ५१ हजार ५ सय ५५ रुपैयाँ अक्षयकोष स्थापनाका लागि विद्यालयलाई प्रदान गरेको उनले बताए । विपन्न, जेहेन्दार, दलित विद्यार्थीको शैक्षिक स्थिती सुधारका लागि सो अक्षयकोष स्थापना गरेको खरेलले बताए ।

दिवंगत बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । भानु माविको बार्षिकोत्सव समारोहमा वडाध्यक्ष खरेलले आफूले आफ्नो कार्यकाल ५ बर्षको अवधिमा पाउने सबै तलव सुविधाहरु वडाको शैक्षिक सुधार र घरमा खरका छाना हटाउने अभियानमा खर्च गर्ने घोषणा गरे ।

अहिले विद्यालयलाई सहयोग गरेको र अब अन्य विद्यालयलाई पनि सहयोग गर्ने र गाउँमा खरका छाना हटाउने आफ्नो योजना रहेको उनले लोकान्तरलाई सुनाए । उनको यो घोषणाले अन्य जनप्रतिनिधिहरुलाई पनि चुनौती दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here