सिन्धुलीमा जीप दुर्घटना, ४ को मृत्यु, ८ जना घाइते

8

काठमाडौं । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा बा१५प ९४२२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु र ८ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए । घाइतेको उद्दार भइरहेको र मृतकको पहिचान गर्ने काम भइरहेको एसपी सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here