इथियोपियन एअरलाइन्स दुर्घटनाको शव डीएनए परीक्षण गर्न ६ महिना लाग्ने

4

इथियोपिया। इथियोपियन एअरलाइन्सका अनुसार डीएनए परीक्षण गरी मृतकको आफन्तलाई वास्तविक शव बुझाउन ६ महिनासम्म लाग्नसक्ने जनाएको हो । यद्यपि मृतकका आफन्तलाई तत्कालै अन्तिम संस्कार गर्नका लागि विमान दुर्घटना भएको स्थानको माटो बुझाइएको बताइएको छ।

हरेक मृतकका परिवारलाई एक किलोग्राम दुर्घटनास्थलको माटो दिइएको र उनीहरुको मृत्युदर्ता प्रमाणपत्र दुई साताभित्र उपलब्ध गराइनेछ।

मृतकको आइतबार इथियोपियाको राजधानी आदिस अबाबामा रहेको किडिष्ट सेलासी चर्चमा अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ। त्यस्तै मृतकका आफन्तलाई अन्तिम संस्कारका लागि तत्कालै आवश्यक पर्ने खर्च पनि उपलब्ध गराइनेछ।

यद्यपि मृतकका आफन्तहरु भने शव बुझ्न व्यग्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो विमान दुर्घटनामा नेपाली युवतीको पनि मृत्यु भएको थियो। डब्ल्यूएफपी इथियोपियाकी कर्मचारी समेत रहेकी एकता अधिकारीको घर गोरखा हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here