सात समुन्द्र पारीबाट देखिने मेरो प्यारो देश

38

मेघराज सापकोटा

युएई“देश त खत्तम् नै भो, बरबादै भो । नेताहरुले देश बिगारे । देश लुटे । देशलाई कङ्गाल बनाए । जता त्यतै बेथिति छ । राजनीतिक निकाय भ्रष्ट छ । डाक्टरहरु चोर छन् । लुटेरा छन् । गरिब बिरामीहरुलाई लुटेर जिउँदै मार्छन् । “

ईन्जिनियरहरु भ्रस्ट छन्। पैसा खाएर जस्तो सुकै घर, पुलहरु र बाटो पनि पास गरिदिन्छन्।

शिक्षकहरु खत्तम् छन्, उनीहरु खुलेआम राजनीति गर्छन् तर स्कुलमा गएर पढाउँदैनन्। बैंकर्स कमिसनखोरी छन्, कमिसन नखाइ ऋण दिदैनन्। कर्मचारी घुसखोरी छन्, घुस नखाइ फाइल अघि नै बढाउँदैनन्, काम गर्दै गर्दैनन्। प्रहरी प्रशासन पैसामा बिकेको छ। कालोकोटे वकिलहरुलाई पैसा भए पुग्छ, सत्य असत्य जे पनि बोलिदिन्छन्।

न्यायाधीशहरु पैसामा बिक्छन्। न्यायलय पैसाको मुठोमा किनिन्छ। नागरिक समाज डलरमा बिकेको छ। नागरिक समाज युरोपीयन युनियन र अमेरिकीहरुको डलरमा जे पनि बोलिदिन्छ, जे पनि लेखिदिन्छ। नेपालमा के छरु केही छैन। नेताले देशलाई बरबाद पारे। नेपालको बारेमा यस्तै यस्तै निराशाका कुरा सुन्न बिदेश आउनु पर्छ। लाग्छ गैर आबासीय नेपालीहरुको जीवन यस्तै निराशाले खाइसकेको छ।

दुबईको बरदुबईबाट शेख जायद बाटो पक्डेर जबल अली तिर अघि बढ्दा बाटोमा बिशाल गगनचुम्बी महलहरु देखिन्छन्। आकाशे पुलहरुले भरिभराउ उक्त बाटोको दाँयाबायाँ निर्मित आधुनिक घरहरु देखेपछि जो कोहीले पनि समृद्ध नेपालको सपना देख्छ। फिनान्सियल सेन्टर रोडको अलिकति अगाडि ठिङ्ग उभिएको विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा देखे पछि मजदुरी गर्न गएको दुरदराज नेपालको एउटा मजदुरले बिकसित नेपालको कल्पना गर्छ।

आफु धेरै नपढेको, पढ्न नपाएको वा नसकेको, राम्रो प्रगति गर्न नसकेको, प्रगति गर्न अवसर नपाएको, गरिब घरमा जन्मनु परेको, गरिब देशमा जन्मनु परेकोमा आफुलाई अभागी ठान्छ। दिनभरी साहुको रुखो गाली र चर्को घामले पिल्सिएको त्यो नेपाली बेलुकी दुई तले फलामको ओछ्यानमा ढल्केर देश बिग्रिएकोमा फेरी चिन्ता गर्छ। नेताहरुलाई गाली गर्छ।

नेपालमा बर्षायामको सिजन छ। पानी परेको पर्‍यै छ। प्राय नेपालका सबै बाटोहरु कुनै न कुनै बेला बर्खाको पानीको कारण अबरुद्ध हुने गरेका छन्। नदी र पहिरोले गर्दा यात्रुहरु बिचल्लीमा पर्ने गरेका छन्। ती बिचल्लीमा पर्नेहरुका कोही न कोही आफन्त नातागोता छोरा भतिजा बिदेशमा काम गर्छन्। सामाजिक सञ्जालले उनीहरुलाई जोडिदिएको छ। नेपालका हरेक घटना बारे उनीहरु जानकार हुन्छन्। नेपालका आफन्तहरुबाट दुस्ख पाएको र बर्बादी भएको फोटो र भिडियो प्राप्त गर्छन्। सामाजिक सञ्जालमा हालेर सरकारप्रति तुरुन्त बितृष्णा पोख्छन्। यस्ता फोटाहरु सयौंको संख्यामा शेयर हुन्छन्, एकाएक भाईरल भईदिन्छन्।
नेपालमा रहेका हरेक राजनीतिक दलका भातृ संगठनहरु बिदेशमा छन्। उनीहरुले ती घटनाहरुलाई सामाजिक सञ्जालमा अझ उछाल्छन्। बिपक्षी दलका कार्यकर्ताहरुले बर्तमान सरकारले देश त बरबादै पो बनायो भनेर सामाजिक सञ्जालमा राजनीतिक नारा लगाउँछन्। सरकार बिरोधी धारणा तयार गरी आफ्नो भोट बनाउने उद्देश्यले परिचालित यस्ता सन्देशहरुले दिन प्रतिदिन बिदेशमा बस्ने जनताहरु निराशाको शिकार बन्दै गईरहेका छन्। कार्यकर्ताहरु स्वयम् निराश बन्दैछन्। अन्ततगत्वा उनीहरु सबै डिप्रेसनको शिकार बन्ने खतरा पनि उत्तिकै छ।

गतवर्ष तत्कालिन माओवादी केन्द्रका उपाध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधान तथा भौतिक योजना मन्त्री टोप बहादुर रायमाझी युएई घुम्न आएका थिए। उनीसँगको भेट र भलाकुसारीमा पंक्तिकारले यिनै निराशाहरुको पोको फुकाएको थियो। उत्तरमा रायमाझीले बिष्णुमतीको किनारामा बन्दै गरेको बगैचा र करिडोरको उदाहरण दिंदै छिट्टै नै काठमाडौंबासीले सफा हावाको सास फेर्ने बताए। गाउँगाउँमा बाटो बनेको, बन्दै गरेको, नदीहरुमा पुल बन्दै गरेको, सयौ मेगावाट बिजुली उत्पादन गर्न सरकार लागि परेको आदि उदाहरण दिंदै निरास नबन्न उनले सुझाए। यसो सम्झे, हो त नि किन निरास हुनेरु मन हलुङ्गो भो, देश समृद्ध हुने कुरामा ढुक्क भईयो। हरेक पार्टीका नेताहरु जबजब युएई भ्रमण गर्न आउँछन् तब यस्तै भन्छन्।

गत वर्ष नै नेपालमा स्थानीय निकायको निर्वाचन सम्पन्न भयो। संघीयतासहित गाँउगाउँमा सिंहदरबार भन्ने नाराले जनता उत्साहित बनेका थिए। संघीय सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएर स्थाई सरकारको निर्माण पछि बिकासले गति लिने र देश समृद्धी उन्मुख हुनेमा देश भित्र र देश बाहिर रहेका सबै नेपालीहरु विश्वस्त थिए।

सरकार सञ्चालनको क्रममा गृहमन्त्री राम बहादुर थापाले सिण्डिकेट बिरुद्ध चालेको कदमले जनतालाई उत्साहित बनायो। सुनकाण्डमा सरकारको कदमले देश बाहिर बसेका जनताहरु खुशी भए। गुण्डाराज हटाउन टोलटोलका गुण्डाहरुको नामावली संकलन हुँदैछ भन्ने सुनेर सुशासनको कल्पना गर्न थालियो। बैदेशिक रोजगारतर्फ श्रममन्त्री गोकर्ण बिष्टको मलेसिया पठाउँदा कामदारलाई लुट्ने कार्य बन्द गर्ने निर्णयले सरकारले वाहवाह बटुल्यो। खानेपानी मन्त्री बिना मगरले मेलन्ची आयोजनामा ठेकेदार र कन्सल्टेन्ट मिलेर कमाउने धन्दाको बिरुद्धमा चालेको कदमको मुक्तकण्ठले प्रशंसा गरे। प्रधानमन्त्री स्वयमको भारत भ्रमण र चीनको भ्रमणबाट जनताहरु थप उत्साहित भए। चीनको चुच्चे रेल र भारतको लाम्चे रेलले नेपालको ब्यापार बिस्तार भई देश समृद्ध हुनेमा सबै आशाबादी थिए।

प्रधानमन्त्री केपी ओलीको हाँस्यब्यङ्य मिश्रित बोलीले जनताहरु उत्साहित बनेका थिए। निराशाका तमाम रेखाहरुलाई चिर्न प्रधानमन्त्रीको भाषण निकै सफल देखियो। त्यही कारण पनि जनताले उक्त समयमा एकीकरण हुँदै गरेको पार्टी नेकपालाई भोट दिए र झण्डै दुई तिहाइ मत दिएर जिताए। पाँच वर्षसम्म स्थायी सरकारको लागि म्यान्डेट दिए। लाग्थ्यो अब दुस्खका दिन गए।

सरकारले काम सुरु गरेकै थिएन। माहोल एकाएक फेरिन थाल्यो। गर्न पाएकै थिएन वा बिबिध कारणले सुरु गर्न सकेको थिएन। जनताहरु खासखुस गर्न सुरु गरिसकेका थिए। काठमाडौंमा मोनोरेल कहिले कुद्ने छ भनेर जनताहरु सोध्न थालेका थिए। २ वर्षभित्र उपत्यकामा मोनोरेल चल्ने घोषणा गरेका मेयर बिद्या सुन्दर शाक्य साहेब गुमनाम छन्। २ वर्षमा मेट्रो र मोनोरेल चल्नको लागि एक वर्षमा कति काम भएरु अर्को वर्ष रेल कुद्ने हो कि हैन भन्ने जनताको प्रश्नको उत्तर कही कतै थिएन। उत्तर दिने कोही छैनन्। सिङगापुर र स्वीजरल्याण्ड बन्ने सपना बोकेको मेरो देश धुलोले ग्रस्त थियो। के शहर के गाउँ, बर्खामा पानीले सडक हिलाम्य छ। बिदेशमा बस्ने प्रत्येक नेपालीहरुको देशप्रतिको चासो र चिन्ता बढ्यो। धुलो कहिले हट्नेरु हिलो कहिले हट्नेरु कोहीसँग पनि यी तमाम प्रश्नको उत्तर थिएन र छैन।

त्यसो त काम गर्न समय लाग्छ। तर शुरुवात गर्नु पर्यो। यहाँ त जनताले त्यो शुरुवात पनि देखेनन्। बिकास निर्माणका दिर्घकालिन कार्यहरु कहीं कतै शुरु भएनन्। स्वयम् अर्थमन्त्री युवराज खतिवडाका भाषण निराशाजनक भए। देशमा पैसा छैन। राज्यको ढिकुटी रित्तिएको छ। कर्मचारीलाई तलब बढाउन सकिन्न, बृद्धभत्ता बढाउने पैसा छैन, ठुला परियोजनाहरुमा लगानी गर्ने पैसा छैन आदि ईत्यादी। जति आशावादी भाषण प्रधानमन्त्री ओलीको मुखारबृन्दबाट सुनिन्थ्यो उत्ती नै निराशाजनक भाषण अर्थमन्त्रीको मुखबाट आउन थाल्यो। संचारमन्त्रीले आबेगमा होस् गुमाए। श्रम तथा रोजगार मन्त्रीको अङ्ग्रेजीले लोकलाई हसायो। बिदेशमा बस्नेहरु अझै धेरै हाँसे। लाग्छ देश धेरै नै अस्तब्यस्त छ। बाटो बिराएको हरिणकै चाल् झै अलमल्लमा परेको छ मेरो देश।

बैदेशिक रोजगारका दलालहरु फेरी सलबलाएका छन्। भिजिट भिसाको अबैध ब्यापार चलेकै छ। एअरपोर्टमा सेटिङमा मान्छे बेचिएकै छन्। सरकारी कार्यालयमा भ्रष्टाचार रोकिएको छैन, बरु मौलाएको छ। डाक्टरहरुले सरकारी तलब खाएर क्लिनिक चलाएकै छन्। ब्यापारीहरुले टोल टोलमा साप्ताहिक दादा भत्ता तिर्नु परेकै छन्। प्रहरी प्रशासनलाई पैसाले पेल्नु परेकै छ। नयाँ सरकारको खुशी र आशाका त्यान्द्रोहरु चुढिन लागेकै थियो। कमजोर बनेको प्रतिपक्ष मस्त निन्द्रामा सुतेको थियो।

त्यसो त सरकारले केही प्रयास गरेकै हो। दुनियाँमा छाडातन्त्रमा मात्रै जथाभाबी बोल्न र हिंड्न पाईन्छ। छाडातन्त्रमा जथाभाबी बिरोध गर्न पाईन्छ। विश्वका कुनै पनि प्रजातान्त्रिक भनिने बिकसित मुलुकहरुमा मध्य सडकमा उभिएर बाटो छेक्न पाइन्न। प्रजातान्त्रिक सरकारले आफ्नो आवाज बुलन्द गर्न र खुलारुपमा सडकमा गएर बिरोधको लागि स्थान तोकिदिएकै हुन्छ। युरोप अमेरिका तिर त्यही हो। भारतका पनि केही स्थानहरुमा जथाभाबी सडकमा कराउन पाइन्न। बिरोधलाई ब्यवस्थित गर्न र आम जनताको अधिकारलाई सुनिश्चित गर्न प्रजातान्त्रिक सरकारहरुले यस्तो ब्यवस्था गरेका हुन्छन्।

निरंकुशतन्त्रको बिरुद्धको बिद्रोह गर्नु र प्रजातान्त्रिक सरकारको बिरोध गर्नुलाई एकै आँखाले हेरियो। जनतालाई अधिनायकबादको डर देखाईयो। दुनियाँको प्रजातान्त्रिक नियम नेपालमा लागु हुननसक्ने भयो।

एकाएक डाक्टर गोबिन्द केसीले अनसन शुरु गरे। गोर्खा फुजेलकी गंगामाया अनसन बसिरहेकै थिईन्। सोही समयमा पूर्व प्रधानन्यायाधिश शुशिला कार्कीले सरकारलाई बेस्मारी गाली गरिन्। शान्ति समाजका मानव अधिकारबादी कृष्ण पहाडीले बीच बाटोमा ठिङग उभिएर बोल्न पाउनु पर्छ भन्दै बिरोध शुरु गरे। त्यसपछि प्रतिप्रक्षी दल पनि झल्याँस्स ब्युाझिए जस्तै भएको छ। सामाजिक सञ्जालमा बिरोधका आवाज बुलन्द भए। सरकारको आलोचना भयो। राम्रो कामको पनि आलोचना भए भने नराम्रो कामको त हुने भईहाल्यो।

एक महिनाको छुट्टीमा नेपाल गएर आउने कोही पनि नेपालीलाई दुबईको बरदुबईको चोकमा भेट्नु भो र नेपालको बारेमा सोध्नु भो भने उसले के जवाफ फर्काउलारु उसले भन्नेछ, ‘के हुनु, खत्तमै छ। झापादेखि काठमाडौं बल्ल बल्ल २ दिनमा पुगियो। काठमाडौंमा त झन घाम लागे धुलो खानु पर्ने, पानी परे हिलोले छ्यापिनु पर्ने, खै के भन्नु ररु नबन्ने रहेछ नेपाल, ऊफ १’ कति निराश जवाफ। कति निराश छन् जनतारु बिदेशमा बस्ने आम नेपालीहरुमा निराशा झनै बढ्न थालेको छ।

यही निराशाले जनतामा सरकारप्रति रिस र आबेग पलाउनेछ। लोकतान्त्रिक गणतन्त्रको परिवर्तनलाई संस्थागत गर्न नपाई प्रतिक्रान्ति मडारिने अर्को खतरा बढ्नेछ। निरंकुश अधिनायकबादले मुन्टो उठाउनेछ। त्यसको लागि बर्तमान सरकारलाई कछुवाको गतिमा आरामले काम गर्ने छुट छैन। सरकार खरायो झै दौडन सक्नु पर्दछ।

मुर्दा राजतन्त्रका मतियारहरु सामाजिक साजालमा खुलेआम राजाको गुणगान गाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको बिरोधमा ढ्वाङ फुक्न थालेका छन्। हरेक दिन समाचारमा, सामाजिक साजालमा नेताको भाषण सुनेर जनता हाँस्न थालिसके। यस्तो लाग्छ नेता र दलप्रति जनताको हिजोको भरोसा टुटिसकेको छ। तर यति छिट्टैरु

माथि उल्लेख गरिएका निराशाहरुले राम्रो संकेत दिएका छैनन्। जनतामा निराशा बढ्नु राम्रो लक्षण हैन। यी त केही उदाहरण मात्र हुन्। तर सरकारले गति कहिलेसम्ममा लेलारु बिकास निर्माणका काम कहिले शुरु होलानरु रोजगारी सिर्जनाको लागि सरकारले पहलकद्मी कहिले लेलारु यी प्रश्नहरुको जवाफ को बाट र कहिले पाईएलारु के आफुले काम नगरी अरुलाई आरोप लगाएर उम्कन सरकारलाई अब पनि मिल्छरु सात समुन्द्र पारीबाट त संकेत राम्रो देखिएन है ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here