बीजेपीका नेताको घर नक्सलवादीले विस्फोट गराउँदा क्षतिग्रत

8

भारत। विहारको गयामा पूर्व एमएलसी तथा बीजेपीका नेता अनुज कुमार सिंहको घरमा नक्सलवादीले आक्रमण गरेको छन्। नक्सलवादीले घरमा डाइनामाइट लगाएर विस्फोट गराउँदा घर क्षतिग्रत भएको छ।

विस्फोटमा कुनै मानवीय क्षती नभएता पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। विस्फोटमा संलग्न नक्सलवादी खोजी गरिरहेको प्रहरीले जनाएको छ। विस्फोटमा परेको डुमरियाका पूर्व एमएलसी अनुज कुमार सिंहको घर हो।

यो घरमा उनका काका र उनका परिवारका सदस्य बस्ने गरेका थिए। भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्व एमएलसी अनुज कुमारलाई नक्सलवादीले धम्की दिइरहेका थिए। नक्सलवादीले लोकसभा चुनाव बहिष्कार गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here