लाखौको औषधिसहित दुई व्यक्ति पक्राउ

4

काठमाडौं। नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डका औषधि दक्षिणी झापाका सीमावर्ती नाकाबाट भित्राउने क्रम अझै रोकिएको छैन। भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित दुई व्यक्ति पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट केचनाबाट खटिएका सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दिवारी गाउँपालिका ४ बस्ने ३५ वर्षीय जीतबहादुर राजवंशी र विर्तामोड नगरपालिका ५ बस्ने ३९ वर्षीय राजेन्द्र लिम्बूलाई पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटुवालले जानकारी दिए।

उनका अनुसार मे १० प १३३९ नम्बरको मोटरसाइकलमा सवार दुवै जना भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा नेपाल भारत मुख्य सीमा स्तम्भ नम्बर १२२ बाट १०० मिटर उत्तरतर्फ सवारीसाधन चेकजाँचको क्रममा औषधिसहित पक्राउ गरेको हो।

उनीहरूको साथबाट ५ सय फाइल अर्थात् १५ हजार क्याप्सुल ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधि फेला परेको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताए।

औषधिको मूल्य एक लाख बढीको रहेको छ। ट्रामाडोल औषधि शरीरको दुखाई कम गर्न प्रयोग गरिन्छ। फेला परेको औषधिको बिषयमा बुझन् औषधि व्यवस्था विभाग विराटनगरका प्रतिनिधि आशा थापालाई सम्पर्क गर्‍यौँ प्रहरी निरीक्षक कुटवालले भने बरामद गरिएको औषधि नेपालमा प्रतिबन्धित हो।

बरामद गरिएको औषधिसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापा बुझाइसकेको उनले बताए।

चैत १६ गते जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी चौकी कुटीबाट खटिएका प्रहरी टोलीले १४ कार्टुन अर्थात् नेपाली बजार मूल्यअनुसार करिब २२ लाख बढीको यौनवर्द्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक र एलोपेथिक औषधिसहित एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको थियो।

औषधिसहित पक्राउ पर्नेमा मुख्य नाइने भारत जंगपुरी दिल्ली घर भई हाल काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, बाह्रदशी गाउँपालिका ४ बस्ने २४ वर्षीय सम्दान हुसेन, सोही ठाउँका २२ वर्षीय इतियाज आलम, २८ वर्षीय ताहिर आलम रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरूले औषधि तस्करीमा प्रयोग गरिएको र मे १ च ४०६३ नम्बरको मारुती भ्यान मे। ६ प १०१६ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेट भएको वीआर ३७ जी १४४० मोटरसाइकल समेत प्रहरीले बरामद गरेको थियो। प्रतिबन्धित औषधिसहित पक्राउ परेका चारै जनालाई औषधि व्यवस्था विभाग विराटनगरले झापा जिल्ला अदालतमा मुद्दा दर्ता गराई कारावही प्रक्रिया अघि बढाएको थियो।

नेपालका औषधि पसल तथा ५० शैयामाथि अस्पतालले भारतीय ब्राण्डका औषधि प्रयोग गर्न थालेको बताइएको छ। नेपाल सरकार र औषधि व्यवस्था विभागको आदेश र अनुमतिबिना भारतीय ब्राण्डका औषधि नेपाल भित्राउन प्रतिबन्ध लगाएपछि तस्कर समूहले तस्करीको माध्यमबाट औषधि भित्राउन थालेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here