दु:खद खबर लुक्ला दुर्घटना– मृतकमध्ये २ जनाको पहिचान खुल्यो

13

सोलुखुम्बु। लुक्लामा पार्किङ गरिएको हेलिकोप्टरमा विमानले ठक्कर दिएको छ। समिट एयरको विमानले हेलिकोप्टरमा ठक्कर दिँदा तीन जनाको निधन भएको छ।

नेपाल वायुवेवा निगमका निर्देशक युवराज अधिकारीका अनुसार विमानले हेलिकोप्टरमा ठक्कर दिँदा तीन जनाको घटनास्थलमै निधन भएको छ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा मुत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी असई रामबहादुर खड्का रहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिए ।

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार विमानमा चालक र सहचालक मात्रै रहेका थिए। विमानस्थलमै खटिएका अर्का सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठ घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here