यस वर्ष पनि विद्यालय भर्ना अभियान सुरु हुँदै

6

काठमाडौँ। सरकारले गतवर्ष जस्तै यस वर्ष पनि बालबालिका लाई विद्यालय भर्ना अभियान सुरु गर्दै छ।

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऊँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले आजबाट अभियानको शुभारम्भ गर्न लागेको हो।

आजबाट मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा घरदैलो अभियान सञ्चालन गरेर पढ्ने उमेर पुगेका सबै बालबालिकालाई स्कुल भर्ना गर्न आह्वान गर्दैछ।

गतसाल बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना अभियान सुरु गरेका थिए।

तर अभियानको समीक्षा गर्दा गत साल खासै प्रभावकारी देखएिन। अझै पनि उमेर पुगेका करिव ९१ हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ।

स्थानीय, प्रदेश र संघीय सरकार गरी तीनै तहमा अभियान चलाएर विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गराइने जनाइएको छ। गत वर्ष छुटेका र यस वर्ष थपिएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अभियान चलाइने भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here