सरकारको एक वर्षको कामको विषयमा काँग्रेसले पत्रकार सम्मेलन गर्दै

4

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ०७५ सालको वार्षिक समीक्षाका साथै समसामयिक विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ३ः १५ बजे पत्रकार सम्मेलन गर्न लागिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।

उनले भने, ‘आजको पत्रकार सम्मेलन देशको समसामयिक विविध विषयमा नै हो। प्रधानमन्त्री ज्यूले पनि आफूले एक वर्ष गरेका कामको फेहरिस्त सुनाउनु भएको छ। काँग्रेसले पनि सरकारको एक वर्षको कामबारे आफ्नो धारणा सार्वजनिक गर्छ।

प्रवक्ता शर्माका अनुसार काँग्रेसले २०७६ साललाई राष्ट्रिय जागरण अभियानको वर्षका रुपमा अगाडि बढ्ने विषयमा पनि जानकारी गराइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here