को हुन् परम् पुज्य भुपती गुरु रिपुन्छे ?

2918

काठमाडौं । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ।बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। बौद्ध धर्मलाई आज विश्वमा झण्डै पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबैभन्दा ठूलो धर्मको रूपमा रहेको छ ।

ऐतिहासिक रुपमा यो धर्म शाक्यमुनि बुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रूपमा मानिन्छ । उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए ।

उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार बर्षहरू मध्य, पूर्वी र दक्षिण पूर्वी जम्बू महाद्वीपमा पनि फैलिन गयो । आज, बौद्ध धर्ममा तीन मुख्य संघ छन् । थेरवाद, महायान र वज्रयान। यसरी बज्रयानका अनुनायी भुपति गुरु रिपुन्छे पवित्र स्थल बौद्धनाथको चिनियाँ लामा ऐतिहासिक व्यक्ती परम् पुज्य गणेश बज्रका कान्छो सुपुत्र हुन् ।

परम् पुज्य भुपती गुरु रिपुन्छेको धार्मिक यात्रा

भुपती गुरु रिपुन्छे सानै उमेर देखि असाधरण गुनले सम्पन्न बुद्धत्वको रुपमा रहेका थिए । उनीमा आज पनि कुनै प्राणीको पिडा देख्न र सहन सक्दैन् । माया,करुणा र भावनाले सम्पन्न भुपती गुरु रिपुन्छे सानै उमेर देखि अवतारी गुरुको रुपमा चिन्निएका हुन् ।

परम् पुज्य गुरु गणेश बज्र लामाले आफ्नो छोरा असाधारण अवतारी गुरु देख्दा देख्दै पनि आधुनिक युगको शिक्षा नभइकन मुलक र जनताको सेवा गर्न सकिदैन भन्ने मुल मर्मले बुढानिलकण्ठ विद्यालयमा अध्यान गराए । तर अवतारी भुपती गुरु रिपुन्छेले परम्परा र पुर्व जीवनको शिक्षा, आधुनिक शिक्षा भन्दा असाधरण गहिरो भएकाले उनी बोधिप्राप्त गर्न अन्तिम सत्यको साक्षात्कार गर्न र महामानव बन्न कठोर त्याग तपस्या र ध्यान गदै भुपती गुरु रिपुन्छे झण्डै तिन दशक भन्दा धेरै मेहेनत गरेर बोधिप्राप्त गरे र अन्तिम सत्यको साक्षात्कार गरे ।

अहिले विश्वमा बौद्ध धर्मको सबै भन्दा धेरै गहिरो अध्यान अनुसन्धान र ज्ञान मोक्ष प्राप्त गर्ने परम् पुज्य भुपती गुरु रिपुन्छे झण्डै ५० भन्दा धेरै मुलकहरुमा धर्म दर्शन दिदै आएको छन् ।

मुलुक र जनताका निम्ती विश्वास र समानता देख्ने परम् पुज्य भुपती गुरु रिपुन्छे मानव जगतको सेवा गर्नु पर्छ भन्ने भावनाले विश्वका सबै मुलुकहरुमा बुद्धदर्शन र दिव्य ज्ञान दिन सयौं गुम्बा स्कुल स्थापना गदै आएका छन् । परम् पुज्य भुपती गुरु रिपुन्छेको मातृभूमि प्रति को अथा मायाले उनलाई देशको सेवा गर्न पाएकोमा र बुद्ध दर्शनको विश्वलाई सन्देश दिदै विश्वलाई नेपाल बुद्धको देश भनेर चिनाउन पाएकोमा निकै खुसि व्यक्त गछन् ।

हजारौको संख्यामा विश्वभर बाट बुद्धिष्टहरु नेपालको लुम्बिनी लगाएतका बौद्ध धर्मका पवित्र स्थलहरुमा तिर्थयात्रा गर्न आउदा आज राज्यलाई पर्याटन विकासमा टेवा पुगेको छ । यसै कुरालाई सरकारले ध्यान दिदै नेपाली काग्रेसको सभापती समेत रहेका सम्माननिय पुर्व प्रधानमन्त्री शेरबाहादुर देउवाको पहलमा नेपाल सरकाले परम् पुज्य भुपती गुरु रिपुन्छेलाई सम्मान् गदै विश्वभर बौद्धधर्म प्रचार गर्न र सुविधाजनक यात्राको लागि कुटनितिक राजधानी समेत उपलब्घ गराएका छन् ।


बौद्ध स्तुपाको पुनः निमार्ण पछि स्तम्भमा माल्यापर्ण गदै

०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्प र सो पश्चात गएका पराकम्पन बाट क्षती भएकोहरुलाई राहत वितरण गदै गुरु रिपुन्छले मानवजगत्को अतुलनिय सेवा गरेका थिए ।

 

 

 

को हुन् परम् पुज्य भुपती गुरु रिपुन्छे लाई विवादित बनाउने ज्योती बज्र लामा ?

      ज्योती बज्र लामा

पछिल्लो समय परम् पुज्य भुपती गुरु रिपुन्छलाई केहि व्यक्तिहरुको विभिन्न लोभ र स्वार्थले चिनियाँ लामा पद बाट हटाएर ज्योती बज्र लामालाई चिनियाँ लामा पदमा नियुक्तिको माग गदै सर्वोच्चमा मुद्धा दायर गरेकोमा परम् पुज्य भुपती गुरु रिपुन्छ निकै दु:ख व्यक्त गछन् ।

आफ्नो शाक्या भतिजा पर्ने बज्र ज्योती लामा आफु चिनियाँ लामाको सन्तान् भएको आधारमा चिनियाँ लामा पदको दाबी गदै आएका छन् । यो घटनाले परम् पुज्य भुपती गुरु रिपुन्छेलाई विवाद्स्पद बनाउन व्यक्ति विशेषको स्वार्थले स्वचालीत भएको भन्दै यस संग सम्बन्धित सरकारवाला, बौद्ध धर्म लम्बी लगाएत सबैले आलोचना गदै आएका छन् । भने यो घटना बुद्धिष्टहरुको निम्ती र विशेष गरेर पवित्र बौद्धनाथको निम्ती अपमान जनक भएको बताउदै आएका छन् ।

बौद्ध धर्मको ज्ञान आर्जन र गुफामा नबसेर मन्त्र नै नजपी चिनियाँ लामा पदको दाबी गदै आएका ज्योती बज्र लामा विभिन्न राजनितिक दलको आड , पैसाको भरमा र अरुकसैको उसाहटमा परिचालीत भएको भन्दै त्यसो नगर्न आग्रह समेत गदै आएका छन् ।

यति खेर सम्माननिय सर्वोच्च अदालत समेतलाई आफ्नो प्रभावमा पारेर आफ्नो पक्षमा निर्णय गराउन ज्योती बज्र लामा दबाब् दिदै आए पनि,  श्राद्धा प्रसाद घिमिरे र प्रकाश राउतको इज्जलासले भने पद र जनताको विश्वासलाई विचलीत नपारी कसैको पनि दबाब् र फोहारी खेलको लोभ नपरि जेठ २८ गते निःसु लाई बदर गर्ने आदेश दिएका छन् ।

चिनियाँ लामाको इतिहास , बौद्धनाथको इतिहास र चिनियाँ लामालाई राजा महाराजले दिएको लामोर इतिहास झिकाउन समेत आदेश दिए पछि भने आम बोद्ध धर्म लम्वी र बौद्ध वासीमा सम्माननिय सर्वोच्च र माननिय श्रीमान् प्रति जनताको ठुलो विश्वासको वातावरण र आधार बनेको बताउदै खुशी व्यक्त गरेका छन् भने यो निर्णय, संसारका बुद्धिष्टहरुले यो भव्य स्वागत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here