तातोपानी नाका जेठ १७ देखि सञ्चालन हुने पक्का

6

सिन्धुपाल्चोक। २०७२ को विनाशकारी भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाकाको सरकारी उच्चस्तरीय टोलीले मंगलबार स्थलगत निरीक्षण गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सांसदलगायतको टोलीले यो क्षेत्रमा पुगेर नाका सञ्चालनका हालसम्म भैरहेको प्रगतिकाबारेमा जानकारी लिनुभएको हो।

तातोपानी नाका र अरनिको राजमार्ग पुनःसञ्चालनमा ल्याउन निर्माण कार्य धमाधम भइरहेको छ ।एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सांसदले प्रधानमन्त्री सँग भेट्दा तातोपानी नाका सञ्चालनका विषयमा कुरा भएको र सोहीअनुसार निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिनुभयो।

नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली र घनश्याम भट्टराई उक्त क्षेत्रमा पुग्नुभएका थिए।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमा क्षेत्रदेखि बसेरीसम्म र बाह्रबीसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताउनुभयो । टोलीले निर्माणाधीन सुक्खा बन्दरगाह, मितेरी पुल र एक दर्जनभन्दा बढी स्थानमा बिग्रेभत्केको सडकक्षेत्रको निरीक्षण गरेका थिए।

सुक्खा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले जानकारी गराएको थियो। चिनियाँ पक्षले मे ३१ ९जेठ १७ गते० नाका सञ्चालनको तयारी गरेको सांसद सापकोटाले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here