पत्रकार ऋषि धमलाको गाडी दुर्घटना

12

काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन्। आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन्। लाजिम्पाटस्थित निवास बाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो।

दुर्घटना बाट कार र मोटरसाइकलमा क्षति पुगेको छ। मोटरसाइकल चालक पनि घाइते भएका छन्। धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन्। चालक लाई अस्पताल भर्ना गरिएको छ।

अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो। कार र मोटसाइकल दुर्घटनाबाट धमला सामान्य घाइते भएका छन्।

सामान्य घाइते भएपनि धमलाले नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम आइतबार बिहान चलाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here