प्रधानन्यायाधीश नियुक्तिमा बिचौलियाको प्रधानमन्त्री निवासमै करोडौं चलखेल

12357

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्याधीश दीपकराज जोशी यति बेला आफै फैसलाको कठघरमा उभिएका छन् । अरुको न्याय र अन्याय छुट्टाउन वादी र प्रतिवादीलाई अदालतको कठघरामा उभ्याउने गरेका कायममुकायम प्रधानन्याधीश जोशी अहिले आफ्नै बयान र फैसलाको प्रतिक्षा गरिहेका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सिफारिस भएका कामु प्रधानन्यायाधीश जोशीमाथि बिहिबार संसदीय सुनुवाई भएको थियो ।

सिंहदरबारस्थित संसद सचिवालयको हलमा संसदीय सुनुवाई विषेश समितिले जोशीलाई बोलाएर उनीमाथि लागेका आरोपहरु प्रस्तुत गर्दै प्रश्नहरुको जवाफ मागेको थिए । समितिका जेष्ठ सदस्यका रुपमा रहेका लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको सुनुवाई बिशेष समितिको बैठकमा सांसदहरुले कामु प्रधानन्यायाधीश जोशीमाथि परेको उजुरीहरु प्रस्तुत गरेका थिए।

संसदको कठघरमा उभिएका जोशीले सांसदहरुले लगाएको आरोपहरुको कुनै तथ्थ सहित तर्कले सफाई दिन सकेनन् भने केही प्रश्नहरुको जवाफ नै दिदैनदि फैसलाको प्रतिक्षा गरीरहेका छन् यति बेला ।

संसदीय सुनुवाई विषेश समितिको बैठक पछि सांसदहरुले उनीमाथिको फैसला शुक्रबार दिउँसो ३ बजेको बैठकपछि सुनाउने भएका थिए तर संसदीय सुनुवाई विषेश समितिका एक सदस्यका अनुसार शुक्रबार विहानै करिब ८ बजे तिर बिचौलिया म्यारी गोल्ड ज्वल्र्सका मालिक सुरेश श्रेष्ठ सर्वोच्च अदालतका कायममुकायम प्रधानन्याधीश दीपकराज जोशी लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

लामो समय देखि प्रधानन्याधीश किन-बेचमा सक्रिय रहेका बिचौलीया म्यारी गोल्ड ज्वल्र्सका मालिक सुरेश श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानन्याधीश जोशीकै पक्षमा फैसला गर्न अफर गरेको थाहा पाए पछि शुक्रबार दिउँसो ३ बजे राखिएको संसदीय सुनुवाई विषेश समितिको बैठक नै आइतबार विहान ८ बजेको लागि सारीयो । संसदीय सुनुवाई विषेश समितिका एक सदस्यको अनुसार यसरी प्रधानमन्त्री निवास वालुटारमा प्रधानन्याधीश जोशी र प्रधानमन्त्री ओली बिच अस्वभाविक बार्गिनिङ भएको सुन्नामा आए पछि शुक्रबारको बैठक बस्न सकेन ।

बिचौलियाको बिगबिगी रहेको बेलामा अदालतमा बिचौलियालाई प्रवेश निषेध गर्ने पर्ने संसदीय सुनुवाई विषेश समिति जोड रहेको थियो तर सर्वोच्च अदालतका कायममुकायम प्रधानन्याधीश जोशी आफै प्रख्यात बिचौलिया म्यारी गोल्ड ज्वल्र्सका मालिक सुरेश श्रेष्ठ लिएर प्रधानमन्त्री निवास वालुटारमा प्रधानमन्त्री ओली संग अस्वभाविक बार्गिनिङ भएकोमा चिन्ता व्यक्त गरे । उनको अनुसार व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिको बैठक आइतबार बिहान विहान ८ बजे पुनः डाकिएको छ ।

यती खेर बिचौलिया चुण्डामनी शर्मा, दिपक मलोत्रा, जग्गा व्यापारी कालु गुरुङ प्रधानन्याधीश दीपकराज जोशीका ज्वाँइ अभय जङ्ग र म्यारी गोल्ड ज्वल्र्सका मालिक सुरेश श्रेष्ठ करोडौ रकम लिएर प्रधानन्याधीश किन-बेचमा लागि परेका छन् । बिचौलिया सुरेश श्रेष्ठ पारिवारिक सदस्य जस्तै भए भएर प्रधानन्याधीश दीपकराज जोशीको सेवा गदै आइरहेका छन् । प्रधानन्याधीश दीपकराज जोशीका नव विवाहीत छोरी र ज्वाँइलाई करोडौं रकम खर्चको बन्दोबस्ता मिलाउदै हनिमुका लागि सिंगापुर श्रीलङ्गका युरोप लगायत देशमा पठाएर  प्रधानन्याधीश संग नजिक भएका थिए ।

मधीराको मातमा जोशाएर स्त्री लम्पट बनाएर प्रधानन्याधीश जोशी बाट बिचौलिया काम गदै फाइदा लिदै आएका श्रेष्ठ यती खेर जोशीको प्रधानन्याधीश पद चिप्लेला कि भनेर थमाउन करोडौं अकुत रकम लिएर चलखेल र दौड्धुपमा रहेका छन् । विगतमा जीविन शाहाको विश्वासिलो पात्र भएर बिचौलीया गदै आएका श्रेष्ठ अन्तरजातीय विवाह भए पछि परिवारले स्वकार नगर्दा समेत जीविन शाहाले करोडौं रकम खर्चिदै विदेशमा बस्ने वातावरण मिलाएका थिए । यसरी जीविन शाहाको पक्षपोष्णमा स्वदेश तथा विदेशमा रहेर विभिन्न शिर्षकमा विभिन्न माध्यम बाट विचौलीयाको काम गदै आएका श्रेष्ठ पछिल्लो समय नेपालको कानुनको क्षेत्रमा ठुलै हैकम जमाउन सफल भएका छन् ।

यसरी शक्तिको र फाइदाको लागि जोकोहीको पनि पुजारी बन्न तयार हुने श्रेष्ठ अहिले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्याधीश जोशीको पुजारी बन्दा स्वच्छ र मर्यादीत न्याय माथि नै बन्देज लाग्ने पक्का भएको छ ।

त्यसैले आइतबार विहान ८ बजे पुनः बस्ने भनिएको समितिको बैठकले जोशीलाई सर्वोच्चको प्रधानन्यायाधिसमा नियुक्ति गर्ने बारे कुनै शंका नभएको सुनुवाई समितिका एक सदस्यको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here