पवित्र धर्म स्थल बौद्धस्तूपामा करोडौंको भ्रष्टचार

22927

काठमाडौं । बौद्धधर्म वलम्वीहरुको आस्थाको केन्द्र तथा पवित्र धर्म स्थलमा अहिले करोडौंको भ्रष्टचार र लुछाचोडी जस्ता फोहोरी खेलमा चुर्लुम्म डुबेको छ । चिनियाँ लामा बुद्ध बज्रको निधन पछि हाल सम्म चिनियाँ लामाहरुको अन्तरिक कलहले गर्दा विभिन्न व्यापक समस्यहरु देखा पर्न थालेको हो ।

पवित्र तीर्थस्थल बौद्धस्तूपामा चिनियाँ लामा पद नियुक्ति विषय लिएर करोडौं घोटाला भएको खुलासा भएको छ । काठमाडौंको पूर्वी भागमा अवस्थित विश्वकै प्रसिद्ध पवित्र बौद्ध प्राचीन चैत्य स्तूपा तथा तीर्थस्थल बौद्धधर्म लम्बीहरुको आस्थाको केन्द्र हो । यो स्तूप विश्वकै सबै भन्दा पुरानो ठूला गोलाकार भएको प्राचीन चैत्य स्तूपा पनि छ । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्रमा समेत सुचीकृत हुदै आएको छ।

विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय सगं सम्बन्धित भएकाले युगौं देखि चिनिया लामाहरु बाट नै यस क्षेत्रको शासन हुदै आएको पाइन्छ । सन् १९८२ मा चिनियाँ लामा बुद्ध बज्रको निधन पछि भने चिनियाँ लामा नियुक्तिको विषय लिएर हाल सम्म झण्डै चार दशक देखि विवादित बन्दै आएको छ ।

चिनियाँ लामाको सन्ततिहरु नेपाल भित्रिए देखि नै धेरै भन्दा धेरै बहु विवाहा गर्ने र धेरै सन्तान जन्माउने प्रक्रियाले हाल त्यसको प्रत्यक्ष असर बौद्ध प्राचीन चैत्य स्तूपामा पर्न गएको पाईएको छ । र त्यसैको निरन्तरताको रुपमा चिनिया लामा नियुक्तिको विषय लिएर विश्व जगदमा प्रसिद्ध परम् पुज्य अवतारी गुरु भुपती रिपोन्छे  र ज्योती बज्र लामाको सर्वोच्चमा हाल मुद्धा चलिरहेको छ ।

परम् पुज्य अवतारी गुरु भुपती रिपोन्छे र ज्योती बज्र लामा साक्य काका भतिजा हुन् । र यो लडाई काका भतिजाको लामा पदको लागि मात्र नभएर भक्तजनहरु बाट दैनिक संकलन हुने करोडौं दक्षिना र चन्दाको लागि भएको यस संग संग्लन लामाहरुले बताएउदै आएका छन् । यो मुद्धा चल्नु भनेको पनि पुरानै निरन्तरता हो भन्ने ठहर गदै आएका छन् ।

तर यस बौद्ध चैत्य विकासमा ०७२ सालको भुकम्प पछि भने चिनियाँ लामा अवतारी गुरु राजुलामाले पुर्नः निर्माणको लागि ठुलो योग्दान गरेको पाईएको छ । भुकम्प पछि ठुलो क्षति पुगेको उक्त स्तुपामा ज्योति बज्र लामाले कुनै पनि सहयोग नगरेको र थप विभिन्न सा्रेत बाट चन्दा संकलन गदै दुरुपयोग गरेको बौद्धक वासिन्दाहरु बताएका हुन् । ज्योती बज्र लामा, बौद्ध ज्ञान र वस्त्र समेत धारण गर्न नसक्ने क्रिसियन धर्म प्रति आर्कषित व्यक्ति लाई कसरि चिनियाँ लामा पदमा नियुक्ति गर्न सकिन्छ भन्दै विवादित बनेको छ ।

ज्योती बज्रलाई टिपेटियनहरुलाई नक्कली नेपाली नागरिकता, गुन्डागर्दी तथा अबैध धन्दाको आरोप लाग्दैआएको छ भने विना अनुमति पाँच ओटा हत्तिया(राईफल) समेत घरमा राख्दै आएकाले शान्तिको यात्रामा हिडेको लामाले हत्तियार किन चहियो भन्दै विभिन्न टिका टिप्पणी र आलोचना हुने गरेको पाईएको हो ।

यति खेर सर्वोच्चमा चिनियाँ लामाको पदको नियुक्तिको विषय लिएर मुद्धा चलिरहेको छ । ज्योति लामाले विभिन्न राजनितिक दलको आड लिएर सर्वोच्चलाई दबाब् दिदै आएको खुल्लासा भएको छ भने सर्वोच्चकोन्यायाधीशले दुई करोड लिएर पनि आफ्नो पक्षमा मुद्धा फैसला नगरेको गुनासो गदै आएका छन् ।

तर बिचको बिचौलीयालाई पैसा दिएर न्यायलयलाई बदनाम गर्ने नियतले यस्तो आरोप लगाउदै आएको पुष्ठि भएको हो । दुर्भाग्यवस विभिन्न राजनितिक दलको दबाबले सर्वोच्चको श्रीमान् श्राद्ध प्रसाद र प्रकाश राउतले ज्योती बज्र लामाको पक्षमा फैसला गर्ने हो भने ठुलो विवादस्पद हुने मात्र होइन सर्वोच्च आफै फोहारी खेलमा संलग्न भएको पुष्टि हुने समेत प्रष्ट देखिएकको छ ।

त्यसैले आम बौद्ध स्थानिय बासिन्दाले परम् पुज्य अवतारी गुरु भुपती रिपोन्छे लाई चाहेको पाइएको हो । यसरी धर्म विकास तथा सर्वद्धन प्रर्वधन गर्ने र देश र जनतालाई माया र सम्मान गर्ने गुरुलाई हटाउन हुदैन भन्ने जोड गरिएको हो ।

दुभाग्यवस ज्येती बज्र लामालाई चिनियाँ लामा पद नियुक्ति गर्ने हो भने बौद्ध धर्मको इतिहासकै कालो दिन हुने दावी गदै आएका छन् भने सर्वोच्च प्रति जनताको विश्वास र भरोसा गुम्ने समेत बताउदै आएका छन् ।

परम् पुज्य अवतारी गुरु भुपती रिपोन्छे विश्वमै प्रख्यात भएकाले र विगत तिन दशक देखि दर्शन अध्यान तथा अनुसन्धान र अभ्यास बाट योज्ञ्य भएकाले अवतारी धर्म गुरु राजु लामा (विभुती बज्र) लाई चिनिया लामाकको पदमा देख्न चाहेको बौद्ध स्थानियहरु बताउदै आएक छन् । परम् पुज्य अवतारी गुरु भुपती रिपोन्छे अहिले झण्डै ४० भन्दा धेरै देशहरुमा बौद्ध धर्म प्रचारप्रसार गदै आएका छन् भने आफ्नै गुम्बामा राखेर सयौं लामाहरुलाई ज्ञान तथा शिक्षा दिक्षा दिदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here