कर्तव्य ज्यान मुद्दामा फरार भएका मिश्री २० वर्षपछि पक्राउ

8

वीरगञ्ज । बारा र पर्साबाट प्रहरीले दुईजना १८ र २० वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका-८ का ५० वर्षीय कमल महतो कोइरी र पर्साको छिपहरमाई गाउापालिका-२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो ।

कोईरी चोरी मुद्दामा १८ वर्षदेखि फरार थिए भने कानु कर्तव्य ज्यान मुद्धाका फरार अयिभयुक्त हुन् । पुनरावेदन अदालत हेटौडाले वि.स. २०५७ कात्तिक २१ गते नकबजनी चोरी मुद्धामा दोषी ठहर गर्दै कमल महतो कोईरीविरुद्ध एक महिना १५ दिन कैद र दुई हजार १८४ जरिवाना फैसला गरेको थियो ।

उनी त्यसबेलादेखि नै फरार भएका उनलाई इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । जिल्ला अदालत बाराको आदेशले कोईरीलाई कैद भुक्तानको लागि बीरगंज कारागारमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

यस्तै, वि.स. २०५५ साउन २४ गते कर्तव्य गरी वारदात पश्चात फरार रहेका मिश्री साहलाई प्रहीले २० वर्षपछि पक्राउ गर्न सफल भएको हो । पर्सा जिल्ला अदालतबाट वारेन्ट जारी भएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो । साहलाई घरबाटै पक्राउ गरी आवश्यक कारबाहीको लागि पर्सा जिल्ला अदालतमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here