बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावरले काम ठप्प

6

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराइएको विरोधमा आज देशभरका म्यानपावरले काम ठप्प पारेका छन् ।

शुक्रवार राति बसुन्धारा स्थित गुरुङको निवासमा विस्फोट गराइएको थियो। विस्फोटमा गुरुङको सवारीमा क्षति पुगेको थियो भने भने घरमा समेत क्षति भएको छ। अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको विरोध गर्दै म्यानपावर व्यवसायीहरुले आज ९आइतबार० आफ्ना काम रोकेका छन् ।

विस्फोटको विरोधमा र व्यवसायको सुरक्षाको माग गर्दै आज विरोध स्वरुप कामकारवाही नगर्ने वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव नरेश गेलालले बताए । करिब १४ सय म्यानपावर दर्ता भएपनि देशभर ७ सय ५४ म्यानपावर सञ्चालनमा रहेका छन् ।

युवा संगठनले लियो जिम्मा

गुरुङको घरमा आफूहरुले बम विस्फोट गरेको विप्लव नेतृत्वको युवा संगठनले दाबी गरेको छ । युवा संगठनले टप जव्स प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर समेत रहेका मेनपावर व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई कारबाही गरेको दाबी गरेको छ ।

शनिवार राति एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ,आफूहरुले बारबार चेतावनी दिँदा पनि नमानेको हुँदा युवा संगठनले बाध्य भएर कारवाही गरेका छौं ।

वैदेशिक रोजगारी दिन्छु भनेर ठगी गर्ने र वैदेशिक रोजगारीका नाममा मानव तस्करी गरेकोले कारवाही गरेको र आगामी दिनमा त्यसो नगर्न संगठनले वैदेशिक रोजगार व्यवसायीलाई चेतानी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here