पूर्वप्रधानमन्त्री शरिफलाई स्वास्थ्य परीक्षण गर्न विदेश जान रोक

19

एजेन्सी । पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई स्वास्थ्य जाँच गर्न विदेश जान नदिएको खुलासा भएको छ ।

उनले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि दिएको निवेदन पनि अस्वीकृत गरिएको छ। पाकिस्तान सरकारका स्वास्थ्य अधिकारीले नै उनको निवेदन अस्वीकार गरेको शरिफको पार्टी मुस्लिम लिग, नवाज (पिएमएल–एन) ले सोमबार जानकारी दिएको छ।

पाकिस्तानमा आगामी बुधबार आमनिर्वाचन हुन लागेको छ। सो निर्वाचनमा पाकिस्तानमा शक्तिशाली मानिएको सेनाको समूहले पिएमएल–एनविरुद्ध मतदान गराउने कोाशिस गरेको सरोकारवालाहरुले बताएका छन्। यसै महिनाको शुरुमा पाकिस्तान फर्किएका उनलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो। शरिफलाई हालै मात्रे एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो। इस्लामावादमा रहेको एक अदालतले केही समयअघि १० वर्ष कारावासको फैसला गरेको हो।

यसरी पक्राउ गरिएपछि शरिफको राजनीतिमा उतारचढाव आएको छ। पाकिस्तानमा यही जुलाई २५ अर्थात् बुधबार हुन लागेको सो संसद्को निर्वाचनमा पनि सेनाको भूमिकाका बारेमा विविध प्रश्नहरु उठाइएको छ। निर्वाचनको पूर्वसन्ध्यामा उनलाई नियन्त्रणमा लिएपछि पाकिस्तानको राजनीतिमा नयाँ उथलपुथलको सम्भावना रहेको बताइन्छ।

शरिफे आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाउँदै आएको बताएका छन्। उनलाई१० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि अदालतले तोकिएको थियो। उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here