डोनाल्ड ट्रम्पकी ‘सेक्स पार्टनर’ पक्राउ

4

एजेन्सी । सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेटले भारी बहुमतबाट एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । यो प्रस्तावको पक्षमा ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुले समेत मतदान गरे । ट्रम्पको निर्णयविरुद्ध रिपब्लिकन सांसद नै उभिनुलाई पार्टीभित्रको गम्भीर मतभेदको रुपमा समाचार एजेन्सीहरुले चित्रण गरेका छन् ।

सिनेटमा रिपब्लिकन नेता मिच म्याकनेलले प्रस्ताव पेश गरेका थिए । उनले गत हप्ता भनेका थिए, ‘सिरिया र अफगानिस्तानमा अल कायदा, आईएसआईएस र तिनीहरुसँग सम्बद्ध संगठन हाम्रो राष्ट्रका लागि गम्भीर खतरा बनेका छन् भन्ने तथ्यलाई स्पष्ट रुपमा प्रस्तावमा राखिने छ ।

यो प्रस्ताव भारी बहुमतबाट पारित भयो । प्रस्तावको पक्षमा ७० र विपक्षमा २६ मत खसेको थियो । सदनमा ५३ रिपब्लिकन उम्मेदवारमध्उे केबल तीन जनाले यसको विरोध गरेका थिए । अब यो संशोधनलाई दक्षिण पश्चिम एशियाका लागि एक व्यापक सुरक्षा कानुनमा समावेश गरिने छ । प्रस्तावमा सिरिया वा अफगानिस्तानमध्ये कुनै एउटा देशबाट मात्र पनि अमेरिकी सेना फिर्ता बोलाइएमा बडो मुस्किलले प्राप्त सफलता सक्ने र अमेरिकाको राष्ट्रिय सुरक्षा नै खतरामा पर्न सक्ने उल्लेख छ ।

गत डिसेम्बर महिनामा ट्रम्पले ट्वीटरमार्फत अमेरिकाका २ हजार सैनिक सिरियाबाट फिर्ता बोलाउने योजना सार्वजनिक गरेका थिए । यसमा ट्रम्पको तर्क के थियो भने इस्लामिक स्टेट समूहमाथि विजय हासिल भइसकेकाले अब अमेरिकी सेना बसिरहनु आवश्यक छैन । तर, हालै अमेरिकी गुप्तचर एजेन्सीका अधिकारीहरुले जिहादी समूह आफ्नो प्रभाव फैलाउने कोशिसमा रहेको र यो गम्भीर खतरा बन्न सक्ने सूचना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here