काठमाडौँ सहित देशभर वर्षा, उच्च हिमाली भेगमा हिमपात

3

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबार देखि तीन दिनसम्म काठमाडौँ सहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ ।

पश्चिमी न्यून चापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । ‘मंगलबार दिउँसो देखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्‍यो, मौसमविद्ले भने, ‘हिँउदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यून चापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।

बुधबार दिउँसो देखि पश्चिमी नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताएका छन् । बिहीबार काठमाडौँ उपत्यका सहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने । पश्चिमी हिमाली क्षेत्रमा एक दुई स्थानमा हिमपात हुन सक्ने । बिहीबार बाटै वर्षा शुरु भई शुक्रबार सम्म रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here