डीपीएल क्रिकेट प्रतियोगितामा धनगढी स्टार्सको लगातार दोस्रो हार

6

काठमाडौं । डीपीएल क्रिकेट प्रतियोगितामा घरेलु टोली धनगढी स्टार्सले लगातार दोस्रो हार ब्यहोरेको छ । मंगलबार धनगढी स्टार्स सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको हो ।

यसअघि उद्घाटन खेलमा सोमबार धनगढी काठमाडौं गोल्डन्ससँग ४ विकेटले पराजित भएको थियो ।

९६ रनको झिनो लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सक्यो । अन्तिम बलमा धनगढीलाई जितको लागि छक्का चाहिएको थियो । क्रिजमा थिए राजु रिजाल । २० औं ओभरको पहिलो बलमा चौका र तेस्रो बलमा छक्का प्रहार गरेका राजुले यही ओभरको पाँचौ बलमा दुई रन जोडे ।

त्यस्तै, धनगढीका लागि रोहन मुस्तफाले १८ रन बनाए । बलिङतर्फ अत्तरियाका भुवन कार्कीले चार विकेट लिदा सन्नी पटेलले दुई विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन मात्रै बनाउन सक्यो । अत्तरियाका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् ।
सन्नी पटेलले ३५ र जयकिसन कोल्सवालाले २१ रन बनाए । त्यस्तै, प्रेम तामाङ १२ र कप्तान दीपेन्द्रसिंह ऐरी ११ रनमा आउट भए । बलिङतर्फ धनगढी स्टार्सका रोहन मुस्तफाले दुई विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here