उपाधिका लागि आज नेपाल र भारत भिड्ने – साफ महिला फुटबल

23

विराटनगर।पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन्। साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका हुन्।

समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । घरेलु मैदानमा खेल आयोजना भएकाले प्रतियोगिताको उपाधि जित्ने नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताउनुभयो। नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापाले प्रशिक्षणबाट नेपाली टोली खारिएकाले उपाधि उचाल्ने दाबी गरिन् ।

भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोही अनुरुप रणनीति तयार गर्ने बताउनुभयो। उहाँले नयाँ स्थान र परिवेश रहे पनि प्रतियोगिताको विजेता भारत हुने दाबी गर्नुभयो। समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here