के साच्चै प्रचण्डलाई मार्ने योजना ‘विप्लव’को थियो त ?

4

काठमाडौं । यतिबेला चौतर्फी चर्चामा छन्, नेत्र विक्रम चन्द ‘विप्लव’। सरकारले प्रतिबन्ध लगाएसँगै उनले आफ्नो आपराधिक गतिविधिलाई तिब्रता दिएको छ ।

विप्लवले आफ्नै पूर्व सहकर्मीहरु तथा सत्तारुढ दल नेकपा शीर्ष नेताहरुको हत्या गर्ने योजना बनाएको खुल्नमा आएको छ। त्यसको खुलाशा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गरेका छन्।

विप्लव पार्टीले अध्यक्ष प्रचण्डलाई नै मार्न आफ्ना कार्यकर्ता खटाएको खुलाशा भएको हो। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पहिलो चरणमा आफैंलाई मार्न मान्छे खटाएको बताए ।

विप्लव लाई ‘बिद्रोहको कलाविहीन नाटक नदेखाउन सचेत गराउँदैं उनीहरुका गतिविधि देखेर दया, माया जागेर आउने गरेको बताए । विप्लव आफ्नो नक्कल गर्ने भ्रम पारेर अघि बढे परिणाम दूभाग्यपूर्ण भन्दै चन्द नेतृत्वको नेकपा लाई नयाँ बाटो खोजेर अघि बढ्न सुझाव दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here