इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी
चैत ११, २०८२विराटनगर । सुनसरीको इटहरी बजारमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ । इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरमा आगलागी सुरु भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीका कारण पार्लर वरपर रहेका घर र पसलहरु जोखिममा परेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सबै पढ्नुहोस