×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रवास

कतारमा ३ जना नेपालीले पाए आममाफी

कतारमा ३ जना नेपालीले पाए आममाफी

काठमाडौं । कतारले ३ जना नेपालीलाई आम माफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।

आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ ।

लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ ।

यसअघि पनि कतारले यो अवसर पारेर आममाफी दिँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्