×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

रामेछापमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

रामेछापमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । रामेछापको मन्थली नगरपालिका-९ पुरानागाउँको बाङ्गेसल्लामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

अन्दाजी ६६ वर्षीया थानसिङ्गे साइँली भनेर चिनिने गंगामाया तामाङको गएराति चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए ।

गंगामायाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनाको वास्तविकता प्रहरी अनुसन्धानपछि आउने तथा थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया दिनुहोस्