×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा

त्रिविका १६ हजार विद्यार्थी दीक्षित

त्रिविका १६ हजार विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १६ हजार बढी छात्रछात्रा दीक्षित भएका छन् । त्रिपुरेश्वर रंगशालामा आयोजित ५१औं दीक्षान्त समारोहमा उनीहरुलाई दीक्षित गरिएको हो ।

यसपटक विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए । मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका हुन् ।

कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाएका छन् ।

विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।

टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएकी थिए ।

प्रतिकृया दिनुहोस्