×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

फागुन मसान्तसम्म ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व संकलन

फागुन मसान्तसम्म ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व संकलन

काठमाडौं । आर्थिक बर्ष २०८२-८३ को फागुन मसान्तसम्म ८ महिनामा ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व संकलन भएको छ ।

फागुन मसान्तसम्म ८ महिनामा ९ खर्ब १० अर्ब २० करोडको लक्ष्य रहेकोमा ८२. ६० प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै फागुन महिनाको लक्ष्य ९६ अर्ब ५७ करोड रहेकोमा ८२ अर्ब ५३ करोड राजश्व संकलन भएको छ, जुन ८५. ४६ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा फागुन महिनामा ७८ अर्ब ७५ करोड राजश्व संकलन भएको थियो । 

आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ८ महिनामा ७ खर्ब ५१ अर्ब ८६ करोड संकलन भएको छ । 

अघिल्लो आर्थिक बर्षमा १४ खर्ब १९ अर्ब ३० करोड बार्षिक लक्ष्य रहेकोमा फागुनसम्म ८ खर्ब ६५ अर्ब ५१ करोड राजस्व संकलन भएको थियो ।

प्रतिकृया दिनुहोस्