काठमाडौं । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार नजिकै भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको हो भने एक जना घाइते छन् ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । दुर्घटनापछि सो क्षेत्र तनावग्रस्त बनेको छ।
उक्त सडक खण्डमा सवारी आगमन अवरुद्ध भएको छ । आक्रोसित स्थानियले टिपरमा आगो लगाएका छन ।