×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

राहदानी विभागबाट ८ बिचौलिया पक्राउ

राहदानी विभागबाट ८ बिचौलिया पक्राउ

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले आठ बिचौलियालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार पाँच जना र हिजो सोमबार ३ जना गरी आठ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले राहदानी बनाउन गएका सेवाग्राहीहरुलाई दु:ख हैरानी दिने र छिटो काम गरिदिने भन्दै रकम लिने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

पक्राउ परेकाहरुमाथि अहिले सोधपुछ भइरहेकाले प्रहरीले उनीहरुको विवरण सार्वजनिक गरेको छैन । पछिल्लो समय राहदानी विभागमा बिचौलीहरुको बिगिबिग भएको भन्दै नागरिकले गुनासो गर्न थालेपछि प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्