×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी आज पार्टी कार्यालय जाने

कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी आज पार्टी कार्यालय जाने

काठमाडौँ । नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति आज पार्टी कार्यालय सानेपामा जाने भएको छ । 

सभापति थापा पक्षीय नेता मनोजमणि आचार्यले आज दिउँसो १ बजे पद बहालीका लागि सभापति थापा, पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपा जाने जानकारी दिए । 

विशेष महाधिवेशनबाट थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री, डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्री चुनिएका थिए । विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चुनेको थियो । 

२०७८ सालमा भएको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा नेतृत्वको समूह र डा शेखर कोइराला नेतृत्वको समूहले अस्वीकार गरेको थियो । 

विशेष महाधिवेशनलाई अस्वीकार गर्दै दुवै समूह निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिइसकेको छ । 

सर्वोच्च अदालतले पनि देउवा र डा कोइराला समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति पद बहालीका लागि केन्द्रीय कार्यालयमा जान लागेको हो ।

प्रतिकृया दिनुहोस्