×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

सिन्धुलीमा गाडी दुर्घटना, ६ जना घाइते

सिन्धुलीमा गाडी दुर्घटना, ६ जना घाइते

काभ्रेपलाञ्चोक । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।

गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा१७च ३१०३ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक सिन्धुली तिनपाटन-५ बस्ने २७ वर्षीय पुष्प तामाङ, सोही वडाकी २४ वर्षीया साबित्रा थापा, २८ वर्षीया सविता बुर्जा, २३ वर्षीया पुनम पुलामी, २३ वर्षीय अर्जुन तामाङ र २१ वर्षीय निरज तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीले जानकारी दिए ।

घाइतेमध्ये चलकको हात-खुट्टामा चोट लागेको छ । साबित्राको ढाड र दुवै खुट्टामा, सविताको बाँया खुट्टा नचलेको, पुनमको निधार र बायाँ पाखुरामा, अर्जुनको निधारमा चोट लागेको छ । निरजको भने बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ ।

घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्