काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला तिन हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।