×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए

काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् । मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन् ।

पौडेलले भने, ‘एमाले र राप्रपाबाट उम्मेदवारी फिर्ताको निवेदन आएको छ । औपचारिक निर्णय दिउँसो १ बजे पछि हुन्छ ।’ एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवार दर्ता गरेका थिए । दुवै जना उम्मेदवार नहुने भएका छन् । मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो ।

रास्वपाबाट उम्मेदवारको टिकट लिएका व्यक्ति तोकिएको समय भन्दा ढिलो गरी निर्वाचन अधिकृतका कार्यालय पुग्दा उनी उम्मेदवार हुन पाएका थिएनन् ।

कांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ पुन: उम्मेदवार बनेका छन् ।

प्रतिकृया दिनुहोस्