×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमालेमा ओली समूहले पनि टुंग्यायो पदाधिकारी उम्मेदवार

एमालेमा ओली समूहले पनि टुंग्यायो पदाधिकारी उम्मेदवार

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ ।

उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन । अहिले ओली र ज्ञवालीबीच छलफल जारी छ ।

यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले बतायो ।

९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको स्रोतले बतायो ।

ईश्वर पोखरेल समूहले पनि पदाधिकारीहरुको प्यानल टुंगो लगाइसकेको छ । पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्