×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

रसुवा । गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड चैत्र १८ गतेदेखि बैशाख २ गतेसम्म १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ ।

गोसाईकुण्ड गाउँपालिकाले सुचना प्रकाशित गर्दै सो सडक १५ दिन बन्द हुने जानकारी दिएको हो ।

निर्माणको समयमा सडक प्रयोगमा असुविधा हुने भए पनि अत्यावश्यक सेवामा कुनै रोकावट नहुने र त्यसका लागि आवश्यक समन्वय र सहजीकरणको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्