×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

‘ओप्पो ए६ प्रो’ को प्रि-बुकिङ खुला, पहिलो ४०० ग्राहकलाई साढे ३ हजार मूल्यको इयरबड्स उपहार

‘ओप्पो ए६ प्रो’ को प्रि-बुकिङ खुला, पहिलो ४०० ग्राहकलाई साढे ३ हजार मूल्यको इयरबड्स उपहार

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मोडेल ‘ओप्पो ए६ प्रो’ को प्रि–बुकिङ खोलेको छ । कम्पनीले २८ कात्तिकदेखि १ मंसिरसम्म देशभरका सबै आधिकारिक रिटेल पसलमार्फत प्रि–बुकिङ गर्न सकिने जनाएको छ ।

प्रि-बुकिङ गर्ने ग्राहकमध्ये पहिलो ४०० जनाले तीन हजार ४९९ रुपैयाँ मूल्य बराबरको ‘ओप्पो इन्को बड्स ३ प्रो’ उपहारस्वरूप प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

ओप्पोका अनुसार ए६ प्रो युवा प्रयोगकर्तालाई लक्षित गर्दै आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसमेत समेटेर तयार गरिएको नयाँ स्मार्टफोन मोडेल हो । नेपाली बजारमा यो स्मार्टफोन १ मंसिरदेखि औपचारिक रूपमा बजारमा आउनेछ ।

कम्पनीले ७० भन्दा बढी देशमा सेवा विस्तार गर्दै ४० हजारभन्दा बढी कर्मचारीसहित स्मार्टफोन, कलरओएस तथा कनेक्सन सेवाहरू विश्वभर उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्