×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांगे्रसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनौटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपमा बस्ने छ । कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्