×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भक्तपुर २ मा महेश बस्नेतलाई पछि पार्दै राजीव खत्री विजयी

भक्तपुर २ मा महेश बस्नेतलाई पछि पार्दै राजीव खत्री विजयी

भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका छन् ।

खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले ८ हजार ४०१ मत पाएका छन् भने नेमकिपाका रमेश वैद्यले ३७५३ र नेकपाका रामप्रसाद सापकोटाले १३२३ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्