काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४३०० रुपैयाँ बढेर प्रतितोला तिन लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा तिन लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा १८० रुपैयाँ बढेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।