×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने

बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने

काठमाडौं । बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने भएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ ।

वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ ।

असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

मोडेलले के देखाउँछ ?

वर्षा पूर्वानुमानमा प्रयोग हुने विभिन्न मोडेलहरु छन् । बुधबारदेखि सुरु हुने वर्षाबारे युरोपियन, चाइनिज र इण्डिन मोडेलले फरक(फरक सम्भावना देखाएका छन् । ती तीनवटै मोडेलबाट हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने साझा निष्कर्ष निकाल्न सकिन्छ ।

चाइनाको मोडेलले हल्का खालको वर्षा हुने सम्भावना देखाएको छ । युरोपियन मोडेलले भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखाएको छ । भारत मौसम विज्ञान विभागले आसाम, मेघालयतिर भारी वर्षा भइरहेको देखाएको छ ।

इण्डियन स्याटेलाइट तस्वीरमा कोशी प्रदेशमा बादलको ठूलो ढिक्का आइसकेको देखिन्छ । यसको अर्थ कोशी प्रदेशमा आजैदेखि वर्षाको प्रभाव देखिन थालिसकेको छ । यसको प्रभाव काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि पनि देखिनसक्ने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्