×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय बदर हुनुपर्ने माग गरी कांग्रेस सांसदहरुले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी रहेको इजलास गठन गरेको छ ।

श्याम घिमिरे लगायत कांग्रेसका केही सांसदहरुले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रतिकृया दिनुहोस्