×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दिउसो ३ बजेसम्म ३९ प्रतिशत मतदान

दिउसो ३ बजेसम्म ३९ प्रतिशत मतदान

काठमाडौँ । निर्वाचन आयोगले देशभर उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ । जारी मतदान अनुसार दिउसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको छ । जसअनुसार ३९  प्रतिशत मतदान भएको हो ।

जसमा सबैभन्दा बढी कोशी प्रदेशमा ५८ प्रतिशत मतदान भएको छ भने सबै भन्दा कम लुम्बिनी प्रदेशमा ३८ प्रतिशत मतदान भएको छ ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी रहेको र मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यस निर्वाचनमा देशभर  ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० सहित कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाता रहेका छन् ।

प्रतिकृया दिनुहोस्