×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अमेरिकन पेस्तोलसहित नागढुंगाबाट एक जना पक्राउ

अमेरिकन पेस्तोलसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं । अमेरिकन पेस्तोलसहित नागढुंगाबाट एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरी छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला परेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्