×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रेशम चौधरीको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

रेशम चौधरीको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका थिए ।

उक्त रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग समेत गरेका थिए ।

आइतबार प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । अन्तरिम आदेश जारी गर्नुपर्नेरनपर्ने विषयमा छलफल गर्न विपक्षीलाई पनि सर्वोच्चले बोलाएको छ ।

प्रतिकृया दिनुहोस्