काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १६५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।