सिरहा । सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव नगद पैसासहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र- २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडी चेकजाँचका क्रममा यादवको गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।