नुवाकोटको अदुवाबारीमा माइक्रोबस दुर्घटना, ३ जना घाइते
असोज १४, २०८१काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित अदुवाबारीमा माइक्रोबस दुर्घटनामा परेको छ । काठमाडौंबाट लमजुङका लागि हिँडेको माइक्रोबस शिवपुरी गाउँपालिका–८ अदुवाबारीमा दुर्घटनामा परेको हो । दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । सो माइक्रोबस पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नुवाकोट हुँदै लमजुङ जाँदै गरेको बताइएको छ ।
सबै पढ्नुहोस